प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय

हत्याका घटना बढेको भन्दै पाकिस्तानमा प्रदर्शन

By खबरहब

August 22, 2022

काठमाडौँ- लक्षित हत्याका घटना बढेको भन्दै पाकिस्तानको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार आफ्नो क्षेत्रमा हत्याका घटना बढेको र दण्डहीनता मौलाएको उत्तरी वजिरिस्तानका स्थानीयहरुले प्रदर्शनको आयोजना गरेका हुन् ।

स्थानीय उथमानजाई जातीका मुखियाको अग्रसरतामा प्रदर्शनको आयोजना गरिएको जनाइएको छ । यसबाहेक दवार र अहमदजाई जातीका स्थानीयहरु प्नि प्रदर्शनमा सहभागी भएको डनले उल्लेख गरेको छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलनलाई जारी राख्ने प्रदर्शनकारीले जनाएका छन् ।

आन्दोलनकारीले आन्दोलन जारी रहेसम्म सरकारी कार्यालयमा नजाने, सरकारी अधिकारीलाई नभेट्ने एवम् कुनै पनि सरकारी कार्यक्रममा सहभागी नहुने समेत जनाएका छन् ।