अन्तर्वार्ता

अनुहार चम्काउन युवायुवती ‘हाइड्राफेसियल’ गर्छन्

By विना न्यौपाने

September 22, 2022

काठमाडौं- पछिल्लो समय सुन्दर देखिनका लागि केहीले बजारका अनेकौँ सामग्रीहरू प्रयोग गर्छन् । त्यसमा पनि युवा माझ पछिल्लो समय हाइड्राफेसियल लोकप्रिय बन्दै गएको छ । घाम, धुलो र धुवाबाट बच्नको लागि मानिसहरू फेसियल गर्ने गर्दछन् । हाइड्राफेसियल गर्दा प्रयोग हुने हाइड्रा–सक्सन मेसिनले अनुहारको डेड–सेल निकालिन्छ । साथै यसमा प्रयोग हुने पानीमा विभिन्न भिटामिन सेरम मिसाइएको हुन्छ । जसले छालाको फोहोर निकाली चम्किलो बनाउने काम गर्छ । हामीले जुन दिनहुँ मुख धुने, व्यायाम गर्ने गर्दा अनुहारमा फरक देखिन थाल्छ, त्यो हाइड्राफेसियलले एकैछिनमा गरिदिन्छ । यसै विषयमा आधारित भएर अल्का अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा. राजन बात्स्यासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

युवापुस्तामा लोकप्रिय बन्दै गएको हाइड्राफेसियल भनेको के हो ? हाइड्रा भनेको पानी र फेसियल भनेको अनुहार सफा र चम्किलो बनाउने काम अर्थात पानीबाट गर्ने ट्रिटमेन्टलाई हाइड्राफेसियल भनिन्छ । यसमा सफा गर्ने र मरेको सेलहरू निकाल्ने गरिन्छ ।

यो कसरी गरिन्छ ? यो हाइड्राफेसियल गर्ने क्रममा जुन पानी हुन्छ, त्यो पानी त्यसमा विशेष किसिमको पानीहरू मिलाएको हुन्छ । त्यसमा कुन ठाउँमा गर्ने आँखाको वरिपरि गरिन्छ । त्यो केमिकलहरूको नलेज भएकोले गर्दा राम्रो हुन्छ ।

यो कस्तो व्यक्तिले गर्याे भने राम्रो हो ? सबैले गर्न मिल्छ । यसले पिम्पलहरू हटाउन धेरै मद्दत गर्दछ । धेरै छालाको केयर गर्ने मान्छेहरूले गर्नु हुन्छ ।

ब्युटी पार्लर गरिने फेसियल र यो अस्पतालमा गरिने हाइड्राफेसियलमा के फरक छ ? हाइड्राफेसियलमा एउटा मेसिन हुन्छ । त्यसले मसाज गर्ने हुन्छ, यसले ब्लड सर्कुलर मिलाउँछ । पार्लरमा हातले गरिन्छ भने हामी मेसिनले नै सबै गछौँ । सुरुमा सबै प्वालहरू सफा गरिन्छ ।

जस्तो छालाको लागि एउटै तरिकाले गरिन्छ कि कस्तो हुन्छ ? प्रेसर मिलाउनु पर्दछ । कसैको कमलो स्किन हुन्छ । कसैको पिम्पल हुन्छ । त्यसका आधारमा हामीले कुन केमिकल लगाउने भनेर गछौँ ।

अस्पतालमा गएपछि कसरी प्रोसेस सुरु हुन्छ ? कुनै स्किनमा रोग छ ।कुनै औषधि खानु भएको छ भने गर्न मिल्दैन । नभए आएर गर्दा हुन्छ । यसको समय १५ देखि २० मिनेट लाग्छ ।

एक पटक हाइड्राफेसियल गरेपछि पटक पटक गर्नु पर्दछ कि पर्दैन ? छाला फेर्ने प्रक्रिया त हुन्छ । तर भिटामिनहरू लगाउँदा एक महिनाको फरकमा गर्दा हुन्छ । धेरै फेस केयर गर्न नसक्ने मान्छेले यो गर्ने हो ।

साइड इफेक्ट हुन्छ कि हुँदैन ? कुनै रोग छ भने गर्नु हुँदैन । नभए सबै मान्छेले गर्दा हुन्छ । छाला घाममा जोगिन नसक्ने मान्छेहरूले पनि गर्न मिल्छ । कुनै डर मान्नु पर्दैन ।

कति लाग्छ यसको लागत ? समय अनुसार फरक पर्दछ । हाम्रोमा २५०० देखि ४००० सम्म लाग्छ । नियमित केयर गर्ने घाममा धेरै नजाने गर्दा राम्रो हुन्छ । ट्रिटमेन्ट नै गर्नु पर्दछ । पानी खाने । कोक फेन्टाहरु धेरै नखाने धेरै नुहाउने मान्छेले धेरै साबुन प्रयोग गर्नु हुँदैन । नुहाउन साथ बढी लोसनहरु लगाउने गर्दा धेरै राम्रो हुन्छ ।

[प्रस्तुति : पुष्पाञ्जली बस्नेत]