सांकेतिक तस्बिर

देश/प्रदेश

मिनीट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते 

By खबरहब

September 22, 2022

काठमाडौँ – काठमाडौँको डल्लु स्थित रामघाट पुल नजिकै गए राती मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा काठमाडौँको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन्। महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ।

टंकेश्वरबाट डल्लुपुलतर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल गए राती साढे ९ बजे ठोक्किएका थिए।

दुवै सवारी साधन सहित ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।