देश/प्रदेश

 बसको ठक्करबाट एक वृद्धाको मृत्यु 

By खबरहब

September 22, 2022

भक्तपुर– भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । 

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । 

बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।