बस दुर्घटनाको फाइल तस्बिर

ब्रेकिङ स्टोरी

भीमफेदी बस दुर्घटना : मृत्यु हुनेको संख्या ७ पुग्यो 

By खबरहब

September 22, 2022

हेटौँडा- मकवानपुरको भीमफेदीमा बस दुर्घटना मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौँबाट वीरगंज जाँदै गरेको उक्त बस भीमफेदीको आरालोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।