सांकेतिक तस्बिर

देश/प्रदेश

कञ्चनपुरमा सात हजार मतदाता थपिए

By खबरहब

September 22, 2022

कञ्चनपुर – कञ्चनपुरमा सात हजार एक सय ५६ मतदाता थपिएका छन् । आगामी मङ्सिर ४ गते हुने सङ्घीय एवं प्रदेशसभा निर्वाचनमा कञ्चनपुरको मतदाताको सङ्ख्या तीन लाख दुई हजार पाँच सय नौ पुगेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले कञ्चनपुरमा पुरुष मतदाता एक लाख ४६ हजार आठ सय ४८, महिला मतदाता एक लाख ५५ हजार छ सय ६२ र एक जना तेस्रो लिङ्गी गरी कूल तीन लाख दुई हजार पाँच सय नौ मतदाता पुगेको बताए ।

कञ्चनपुरमा पुरुषभन्दा आठ हजार आठ सय १४ जना महिला मतदाताको सङ्ख्या बढी रहेको उनले जानकारी दिए। ‘स्थानीय तह निर्वाचनको भन्दा अहिले सात हजार मतदाता थपिएका छन’, उनले भने, ‘हामी निर्वाचनको तयारीमा जुटेका छौँ ।’

कञ्चनपुरमा निर्वाचनका लागि ७६ मतदानस्थल र एक सय ३२ मतदान केन्द्र निर्धारण गरिएको र तीन सय ४६ मतदानस्थल कायम गरिएको उनले बताए ।