देश/प्रदेश

जंगी अड्डामा प्रहरी, सशस्त्र र राअविका प्रमुखसँग प्रधानसेनापतिको छलफल

By खबरहब

September 22, 2022

काठमाडौँ – सुरक्षा निकायका प्रमुखहरुबीच आज छलफल भएको छ । प्रधानसेनापति प्रभुुराम शर्माले नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का मुख्य अनुसन्धान निर्देशक हुतराज थापासहित आफ्नो टिमका रथीहरुलाई राखेर आसन्न निर्वाचन सुरक्षा केन्द्रीत छलफल गरेका छन् ।

छलफलमा समसामायिक समग्र सुरक्षा अवस्थाको समिक्षा गर्दै आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाको विषय केन्द्रीत रहेको थियो । सेनाले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन–२०७९ सफलतापूर्वक सम्पन्न गर्ने सम्बन्धमा बैठक बसेको जनाएको छ ।

यस्तै पछिल्लो राजनीतिक घटनाक्रमले निर्वाचन सुरक्षामा पार्ने चुनौती र सम्वेदनशीलताका विषयमा समेत सुरक्षा प्रमुखहरुले विश्लेषण गरेका थिए ।