सांकेतिक तस्वीर ।

अपराध

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ

By खबरहब

September 22, 2022

दैलेख – मोटरसाइकल चोरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । उनीहरु चारै जना दैलेखको गुराँस गाउँपालिका–१ स्थित पातलखोलाबाट पक्राउ परेका हुन् ।

स्थानीय भुपेन्द्र बहादुर रामजाली र सेते बिकको घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरेको आरोपमा बिहिबार ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको हो ।

पक्राउ पर्नेहरूमा चामुन्डा बिन्द्रासैनी नगरपालिका–८ बस्ने २० वर्षीय बिनोद शाही, २० वर्षीय रितिक शाही, २५ वर्षीय दिनेश शाही र सोही नगरपालिका–४ बस्ने १६ वर्षीय किशोर छन् ।