अन्तर्वार्ता

पिसाब चुहिने समस्या आजको भोलि सञ्चो हुँदैन

By विना न्यौपाने

October 22, 2022

काठमाडौं – पछिल्लो समय महिला प्रजनन धेरै समस्या देखिन थालेका छन् । त्यसैमध्ये धेरैलाई सताएको छ पिसाब चुहिने समस्या । पिसाब चुहिने समस्याले शारीरिक मात्र नभई मानसिक रूपमा पनि उत्ति नै समस्या सिर्जना गराउने गरेको छ । सामाजिक कार्य र दैनिक कार्यमा यो समस्या तगारो बनेको छ । यसै विषयमा आधारित भएर युरोजोजिष्ट डा. अमित शाहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

पिसाब चुहिने समस्यालाई हामीले कसरी बुझ्ने ? हाम्रो समाजमा महिलाहरूले आफूमा भएको यो समस्या लुकाएर राखेको हुनाले यो पिसाब चुहिने समस्या धेरै फैलिएको र बढेको छ । त्यसैले माहिला आफू कुनै काममा बाहिर जान परे पहिला काम भन्दा पनि पहिला टवाइलेट खोज्नु हुन्छ । यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ ।

यो समस्या पछाडिका कारण के के हुन् त ? सबै भन्दा पहिला कति कसिमका पिसाब चुहिने समस्या छन् भनेर थाहा पाउनु पर्दछ । पहिलो नम्बरमा तनाव मूत्र असंयम भन्छौँ यसमा हाँस्दा, खोक्दा, उठ्दा हुन्छ । यो किन हुन्छ भने जसले (३ वा धेरै ) बच्चा जन्माएको छ र नर्मल बच्चा जन्माएको छ, लामो समय बेथा लागेको समय लामो समय रहेको छ भने यो समस्या हुन्छ । अर्को, मूत्र असंयम यसमा पिसाब थैलीमा पिसाब आउने बित्तिकै बाथरुम जानै पर्ने एकै छिन पनि रोक्न नसक्ने हुन्छ । अर्को, अति सक्रिय मूत्राशय जुन २० देखि ३० वर्षको महिलाहरू जस्तो (बैंकमा काम गर्ने हिँड्ने ) मा धेरै हुन्छ । यो ब्रेनबाट इम्पल्सहरु आएर मूत्राशयलाई नियन्त्रण गरेको हुन्छ । त्यो सिस्टममा समस्या आयो भने अब मेरो पिसाबको थैली भरियो भन्ने हुन्छ । पिसाब गर्न हतार हुने र बारम्बार पिसाब लाग्ने समस्या स्टोन र पिसाबको इन्फेक्सनको कारणले पनि हुन्छ । त्यसैले हामीले महिलामा जाँच गरेर के भएको हो भनेर थाहा पाउँछौँ ।

कम उमेरमा पनि यो हुनुका अरु कारणहरू के के हुन सक्छन् ? २० देखि ३० वर्षको महिलामा अति सक्रिय मूत्राशय भन्ने समस्या कम्तीमा पनि ३० प्रतिशत भन्दा धेरै देखिन्छ । यसमा हामीले हेर्ने भनेको पिसाबको समस्या हो । यो विशेष गरी धेरै हिँड्ने महिलामा हुन्छ, उहाँहरू पब्लिक ट्वाइलेटको प्रयोग गर्नु हुन्छ । पब्लिक ट्वाइलेटको प्रयोग गरेपछि महिलामा पिसाबको इन्फेक्सन हुने चान्स धेरै हुन्छ । त्यसैले यो पिसाब चुहिने समस्या र पिसाबको इन्फेक्सनलाई हामी नङ र मासुको समस्या भन्न सक्छौँ । महिलामा पिसाब गर्ने ठाउँ महिनावारी हुने र मलद्वार एकै ठाउँमा वा आस्वासमा छन् । त्यसैले यो तिन मध्ये कुनै एकमा समस्या आयो भने त्यो अर्कोमा जानसक्छ । कसैमा कब्जियतको समस्या पाठेघरको समस्या सेतो पानी बग्ने समस्या छ भने पनि पिसाब चुहिने समस्या हुनसक्छ ।

यो समस्यालाई लुकाएर समयमा अस्पताल गएन भने पछाडिको जोखिम कस्तो हुनसक्छ ? हाम्रो समाजमा महिलालाई सहरी महिलाहरूले त यो समस्या बारे विभिन्न सामाजिक संजालका माध्यमबाट हेरेर यो उपचार गर्नु पर्ने रहेछ भन्ने थाहा छ तर ग्रामीण भेगका महिलाहरूमा यो पिसाब चुहिने समस्या भनेको उमेर सँगै हुने समस्या हो भन्ने धारण छ । त्यसैले हामीले पहिला अस्पतालहरूमा, स्वास्थ्य चौकीमा, स्वयंसेवकमा नै भन्नु पर्दा यो एउटा समस्या हो यसको उपचार सम्भव छ भनेर भन्नु पर्यो । आज भन्दा ५ वर्ष अगाडि यो पिसाब चुहिने समस्याको बारेमा थाहा र जानकारी भएकै थिएन । यो अहिले मिडियाले बाहिर ल्याउँदै छन् ।

कम उमेरमा यो समस्या भएर उपचार गरेपछि यसले असर गर्छ कि गर्दैन ? सबै भन्दा ठूलो असर भनेको साइकोलोजिकल समस्या हो किन भने कुनै महिलालाई पिसाब हतार र हतार लाग्छ भने उसले धेरै सोच्न थाल्छ । त्यसैले हामीले अस्पतालमा आएपछि साइकोलोजिकल डाक्टरसँग परामर्श लिएर नै गरिन्छ । धेरै शारीरिक भन्दा पनि मानसिक समस्या लिएर नै आउने भने संख्या धेरै छ ।

अस्पताल गएपछि उपचार कसरी गरिन्छ त ? सबै भन्दा पहिला हामीले यो पिसाब चुहिने समस्या के कारण ले छ भनेर पिसाबको जाँच भिडियो एक्स–रे हरू गरेर हेर्छौ । त्यसपछि महिलाले गर्भावस्थामा हुँदा तौल मेन्टेन गर्नु भएको छ भने तौल लुज गर्नै पर्यो। तौल लुज गरेपछि उहाँको पिसाब थैलीको वरिपरि रहेको पेल्विक फ्लोर मसल्सहरु जुन छ । त्यसमा प्रेसर कम पर्दछ । पेल्विक फ्लोर व्यायाम फिँजियो थेरापिष्टको सहयोगमा घरमा नै गर्न सकिन्छ । यो समस्या आजको भोलि नै त ठिक भइहाल्दैन । समय लाग्छ केही समय । कतिपय महिला एक महिना जति व्यायाम गर्नु हुन्छ र यो निको भएन भनेर छोड्नु हुन्छ त्यसरी छोड्दा जति निको हुँदै गएको थियो । त्यो फेरि बल्झिन्छ । औषधिहरू पनि धेरै आएका छन् अहिले । कुन कारणले यो समस्या भएको हो त पत्ता लगाएर औषधिले काम गरेन भने सर्जरी पनि गरिन्छ ।

यो समस्या नहोस् भनेर हामीले पहिला नै कस्तो सावधानी अपनाउने ? सबै भन्दा पहिला आफ्नो स्वास्थ्यमा ध्यान दिने सार्वजनिक ट्वाइलेटको धेरै प्रयोग नगर्ने, महिनावारी हुँदा स्यानेटरी प्याडको प्रयोग गर्ने, श्रीमान् श्रीमतीको सम्बन्ध पछि तुरुन्तै सफा गर्ने, कुनै पानी बग्ने समस्या छ भने सुरुमा नै उपचार गर्ने । पानी प्रशस्त खाने गर्मीमा ३ देखि ४ र जाडोमा १ देखि २ लिटर पानी पिउनु पर्दछ । चिया कफीको मात्रा कम गर्ने, नियमित रूपमा दैनिक ३० मिनेट व्यायाम गर्ने, घरमा महिला बालबालिका र घर परिवारलाई समय दिनुहुन्छ र आफ्नो लागि समय दिनु हुन्न र समस्या झन् बढेको छ ।

एउटा युरोलोजिष्ट भएको नाताले के सन्देश दिन चाहनु हुन्छ ? कुनै पनि समस्या छ भने लाज नमानी उपचारमा लाग्नु होला भन्न चाहन्छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)