सांकेतिक तस्बिर

समाचार

हात्तीको आक्रमणबाट बर्दीयामा एक जनाको मृत्यु

By खबरहब

October 22, 2022

बर्दिया – बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बारबर्दिया–७ मा हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।