राजनीति

प्रधानमन्त्री देउवा विराटनगरमा

By खबरहब

October 22, 2022

मोरङ– प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा मोरङको विराटनगर आएका छन् । निर्वाचन परिचालन कमिटी प्रदेश १ ले आयोजना गरेको लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्न उनी शनिबार बिहान विराटनगर आएका हुन् । 

आगामी ४ मङ्सिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दे भेला आयोजना गरिएको हो । भेलामा पूर्व प्रधानमन्त्री ऐवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी छन् ।

उनीहरू दुवै जनाले भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।