राजनीति

खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्छ : उपाध्यक्ष पोखरेल

By खबरहब

October 22, 2022

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दाबी गरे । 

उनले किर्तिपुरको रङ्गशालाको स्तरोन्नति, सातै प्रदेशमा क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने, एक पालीका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवात लगायतका कार्यहरू एमाले सरकारले नै गरेको धारणा राखे ।

त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातिक बजेट वितरणको थालनी पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए ।

त्यस्तै पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दाबी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर गरे । पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए ।