ब्रेकिङ स्टोरी

‘सरकारले न्यायालयको हुर्मत लियो’

By खबरहब

October 22, 2022

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको आरोप लगाएका छन् ।

एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वइच्छाचारी व्यवहार देखाएको बताएका हुन् । उनले अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे । 

कार्यक्रममा उनले प्रधानन्यायाधीशलाई घरमा थुनेको मात्रै होइन उनका छोरी बुहारी र भतिजीहरुलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको आरोप लगाए । 

उनले भने, ‘यी सबै व्यवस्थाको अन्त्यका लागि ४ मङ्सिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई पनि स्वागत गरेका छन् ।