फाइल फोटो

ब्रेकिङ स्टोरी

 निर्वाचनपछि गठबन्धन दलको सरकार बन्छ : देउवा

By खबरहब

October 22, 2022

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका छन् । 

शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका हुन् । 

देउवाले रूखा, कलम र गोलाकार भित्रको हँसिया हथाैँडा चिह्नमा भोट हाल्न आफू तयार रहेको भन्दै कार्यकर्तामा अन्योलता आउन नहुने बताए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले समृद्धि र सुशासनका लागि पनि गठबन्धनले जित्नुपर्ने बताए ।