फाइल तस्वीर

राजनीति

‘आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउँछ’

By खबरहब

October 22, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नतिजा आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दाबी गरे ।

आगामी निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको चक्रव्यूहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुनेगरि मतदान गर्न उनले आह्वान गरे । लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेकाले राम्रा मान्छे पराजित भएकाले अव भने त्यस्तो अवस्था नआउने धारणा राखे ।

त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरूले पनि आफ्नो पार्टी सुधार्न रापपामा मतदान गर्नुपर्ने जिकिर गरे ।