राजनीति

दाङ– २ मा माओवादीको अग्रता, शंकर पोखरेल साढे ११ सय मतले पछि

By खबरहब

November 22, 2022

काठमाडौँ – दाङको निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् ।

पछिल्लो मत परिणाममा शर्माले ४ हजार ७१५ मत प्राप्त गरेकी छन् । भने उनलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले ३ हजार ५५७ मतसहित पछ्याइरहेका छन् । शर्माले पोखरेललाई १ हजार १५८ मतले पछि पारेकी छन्।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए।