ब्रेकिङ स्टोरी

काठमाडौँ -१ मा प्रकाशमानको अग्रताका कायमै, रवीन्द्र २८ मतले पछाडि

By खबरहब

November 22, 2022

काठमाडौँ – काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले चार हजार आठ सय २१ मतसहित अग्रता कायम गरेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले चार हजार सात सय ९६ मतसहित उनलाई पछ्याइरहेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले दुई हजार आठ सय तीन मत प्राप्त गरेका छन् ।