समाचार

म्याग्दीमा मतगणना जारी : कांग्रेसका गर्बुजाको अग्रता

By खबरहब

November 22, 2022

म्याग्दी – देशभर आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार राति ९ बजेबाट सुरु भएको मतगणना आज बिहान ५ : ३० बजेसम्म धौलागिरि गाउँपालिका र मालिका गाउँपालिका–१ निस्कोटको गणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामअन्तर्गत प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका खमबहादुर गर्बुजा (खम्वीर) ले तीन सय मतले अग्रता कायमै राखेका छन् ।

निस्कोटको मतगणना गरिसक्दा गर्बुजाले तीन हजार एक सय ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले दुई हजार आठसय ९६ मत प्राप्त गरेर गर्बुजालाई पछ्याइ रहेका छन् ।

त्यसैगरी प्रदेशसभा (२) को पनि मतगणना जारी रहेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार गठबन्धनका तर्फबाट नेकपामा ओवादीका रेशम जुग्जाली (सुविन)ले दुई हजार नौ सय ८२ र र नेकपा (एमाले)का यामबहादुर गर्बुजाले तीन हजार १० मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जुग्जालीले २८ मतले अग्रता कायम गरेका छन् । जिल्लाभरि ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट मतगणना सुरु गरिएको छ ।