राजनीति

मकवानपुर १ मा कमल थापाभन्दा डिना अगाडी, २ मा एमालेको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौं – मकवानपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राखेकी छन्।

गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेका छन्। उनलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याइरहेका छन्। राप्रपा उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्तौलाले अग्रता लिएका छन्। गणना भएको छ हजार ५१८ मतमध्ये बर्तौलाले दुई हजार ७३३ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत ल्याएका छन्।