राजनीति

बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

By खबरहब

November 22, 2022

रुपन्देही – रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन्।

९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्। उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन्।

रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो। अब सियारी १ को मतगणना सुरु भएको छ।