राजनीति

मोरङ २ मा सुजाता दोस्रो स्थानमा

By खबरहब

November 22, 2022

मोरङ – प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले चार सय ७ मत पाउँदा एमालेका ऋषिकेश पोखरेलले पाँच सय ८ मतले अग्रता बनाएका हुन्।

०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए। कांग्रेसले यसपटक सुजातालाई टिकट दिएको हो । सुजाताका पिता गिरिजाप्रसाद कोइराला रहुन्जेल यो क्षेत्रबाट निरन्तर जीत निकाल्दै आएका थिए। उनको अवशानपछि भने कांग्रेस–एमालेले आलोपालो जित्दै आएका छन्।

यस क्षेत्रमा कुल एक लाख २४ हजार सात सय २९ मतदाता रहेका छन्। त्यसमध्ये ८० हजार एक सय २७ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।