फाइल फोटो

राजनीति

भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता

By खबरहब

November 22, 2022

अछाम – नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामा सत्ता गठबन्धनको अग्रता देखिएको छ।

अछामका दुईवटै निर्वाचन क्षेत्रमा गठबन्धनको अगाडी छ। क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवर ६ हजार ४८१ मतसहित अगाडि छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका झपट बोहराले ४ हजार १८५ मत प्राप्त गरेका छन्।

क्षेत्र नम्बर २ मा ९ हजार ६३६ मत गणना हुँदा नेपाली कांग्रेसका पुष्पबहादुर शाह ५ हजार ४२० मतसहित अगाडि छन्। शाहका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञबहादुर बोगटीले ३ हजार ६३८ मत प्राप्त गरेका छन्।