राजनीति

समानुपातिकतर्फ एमालेको अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी

By खबरहब

November 22, 2022

काठमाडौँ – प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १६१ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५४ हजार १२५ मत ल्याएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १६० मतसहित तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ। राप्रपाको १३ हजार ३४०, जनमत पार्टीको ४ हजार ५२४ र जसपाको ४ हजार ३०५ मत छ।