ब्रेकिङ स्टोरी

गगन थापाको जीत सुनिश्चित, विजय उत्सवको तयारी

By खबरहब

November 22, 2022

काठमाडौँ – काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ ।

थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा. राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।

गन्न बाँकी मत पाँच हजारभन्दा कम भएको र थापाको मतान्तर पाँच हजारभन्दा धेरै भएकाले थापाको जित सुनिश्चित भएको हो ।

अहिले त्यहाँ विजय उत्सवको तयारी गरिएको छ।