राजनीति

ईश्वर पोखरेलसँग प्रदीप पौडेलको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम राखेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि हालसम्म २२ हजार ६५ मत गणना गरिसकिएको छ। तीमध्ये पौडेलले सात हजार तीन सय ५० मतले अग्रता लिँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले पाँच हजार ११३ मत पाएका छन् । यो परिणामअनुसार २ हजार २३७ को मतान्तर देखिएको छ।

कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौँ क्षेत्र नम्बर ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।