राजनीति

विनोद चौधरीको अग्रता कायमै, हृदयेश त्रिपाठी घण्टीलाई पछ्याउँदै

By खबरहब

November 22, 2022

परासी – नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता कायमै राखेका छन्।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।

नेकपा एमालेको चुनाव चिह्न लिएर चुनाव लड्दै आएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी तेस्रो स्थानमा छन् । उनको मत २ हजार ५६८ छ ।