राजनीति

बारा-१ मा एमालेका मैनालीको अग्रता

By खबरहब

November 22, 2022

बारा– बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।  १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।