फाइल फोटो

ब्रेकिङ स्टोरी

काठमाडौं-४ मा गगन थापा विजयी

By खबरहब

November 22, 2022

काठमाडौँ– काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी भएका छन् । निर्वाचन अधिकृत  शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उनी विजयी भएका हुन् । 

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।