ब्रेकिङ स्टोरी

सिके राउतलाई दोब्बर बढी मतको अग्रता

By खबरहब

November 22, 2022

राजविराज– सप्तरीको प्रतिनिधिसभा क्षेत्र नं २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउत जसपाका अध्यक्ष उपेन्द्र यादवसँग दोब्बरभन्दा बढी मतले अग्रता कायम गरिरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादवभन्दा दोब्बर बढी मतले राउत अगाडि रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनामा उम्मेदवार राउतले १५ हजार ३४  मत प्राप्त गर्दा यादवले भने ७ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका सत्तारूढ गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले भने ३ हजार ७० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  ।