राजनीति

बस्नेतलाई पछ्याउँदै शेरबहादुर

By खबरहब

November 22, 2022

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ ।

जारी मतगणनामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम राखेका हुन्।

बस्नेतले पाँच हजार एक सय ४९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले तीन हजार ४३४ मत प्राप्त पाएका छन् ।

प्रदेशसमा (१)मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालको अग्रता रहेको छ । माओवादी केन्द्रले चार हजार पाँच सय २९ मत पाउँदा एमालेका अमानसिं तामाङले दुई हजार आठ सय ४४ मत ल्याएका छन्।