राजनीति

कमल थापाभन्दा डिनाको अग्रता, २ मा बर्तौला अगाडि

By खबरहब

November 22, 2022

हेटौँडा – मकवानपुरबाट प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं १ मा सत्ता गठबन्धनको अग्रता कायम रहेको छ।

हालसम्म ११ हजार ४६ मत गन्दा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले पाँच हजार दुई सय ४७ मत ल्याएर अग्रस्थानमा छिन् । दोस्रो स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन हजार छ सय ९५ मत ल्याएका छन् भने राप्रपाका दीपकबहादुर सिंहले १०१० मत प्राप्त गरेका छन् ।

यसैगरी क्षेत्र नं २ मा आठ हजार सात सय ९६ मत गणना हुँदा नेकपा एमालेका महेश बर्तौलाले चार हजार आठ सय ५४ मत प्राप्त गरी अग्रता लिएका छन् ।

दोस्रो स्थानमा पाँच दलीय गठबन्धनका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले चार हजार चार सय ४३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुलीले ११८७ मत प्राप्त गरेका छन् ।