ब्रेकिङ स्टोरी

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी विजयी

By खबरहब

November 22, 2022

धनगढी– रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा पहिलो खाता खोलेको छ । कैलाली ३ बाट गंगा चौधरीले उन्मुक्ति पार्टीका तर्फबाट खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । 

चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् । 

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएको छ ।