राजनीति

गिरिराजमणि पोखरेललाई पछि पार्दै एमालेका महतोको अग्रता

By खबरहब

November 22, 2022

महोत्तरी– मतगणना भएका महोत्तरीमा क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

महोत्तरी क्षेत्र नम्बर १ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलको चर्चा चलिरहेको वेला उनलाई एमालेका लक्ष्मी महतोले पछि पारेका छन् ।

अहिलेसम्मको मतगणनाअनुसार महतोले २८३० मत पाएका छन भने पोखरेलले २१७१ मत ल्याएर पछ्याइरहेका छन् । गौशालाको नगरपालिकाको वडा न. १ र २ को मतगणना सकिँदा पोखरेल ६४९ मतान्तरले पछाडि परेका छन ।