फाइल तस्वीर

ब्रेकिङ स्टोरी

चितवन २ मा रवि लामिछानेको अग्रता कायमै

By खबरहब

November 22, 2022

काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले मतान्तर बढाएर अग्रता लिएका हुन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले ४ हजार ४ सय १४ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३ हजार ९ सय ७८ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि  बढिरहेको छ ।