खेलकुद

अर्जेन्टिना र साउदीको खेल सुरु, मेस्सी मैदानमा

By खबरहब

November 22, 2022

काठमाडौँ : कतार विश्वकप फूटबलमा समूह सी अन्तर्गत अर्जेन्टिना र साउदी अरेबियाबीचको खेल सुरु भएको छ । लुसेइल आइकोनिक स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु भएको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सुरुदेखि नै खेलेका छन् । अरेवियामाथि अर्जेन्टिनाले सहजै जित निकाल्ने अनुमान छ ।

अर्जेन्टिना कतार विश्वकप फूटबलको उपाधि दाबेदार टिम हो । यसअघि ब्राजिल विश्वकप फूटबलमा अर्जेन्टिना फाइनल पुगेर पनि उपाधि जित्नबाट चुकेको थियो ।