राजनीति

मोरङ २ मा सुजाता कोइरालालाई ५४ मतको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि मोरङ – २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइरालाले ४३७० मत ल्याएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा ५४ बढी मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ऋषिकेश पोखरेलले ४३१६ मत ल्याएका छन् ।

२०७० मा चुनाव जितेका पोख्रेललाई ०७४ मा कांग्रेस नेता मिनेन्द्र रिजालले पराजित गरेका थिए । कांग्रेसले यसपटक सुजातालाई टिकट दिएको हो । सुजाताका पिता गिरिजाप्रसाद कोइराला रहुन्जेल यो क्षेत्रबाट निरन्तर जीत निकाल्दै आएका थिए । उनको अवशानपछि भने कांग्रेस–एमालेले आलोपालो जित्दै आएका छन् ।

यस क्षेत्रमा कुल एक लाख २४ हजार सात सय २९ मतदाता रहेका छन् । त्यसमध्ये ८० हजार एक सय २७ ले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।