राजनीति

झापा ५ मा ओलीको अग्रता कायमै

By खबरहब

November 22, 2022

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राखेका छन् । मतगणनाको शुरुआत देखि नै उनी अग्रस्थानमा छन् ।

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गरेका छन् । त्यसैगरी गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गरेका छन् ।

यसैगरी, झापा ५ कै प्रदेशसभामा पनि एमाले उम्मेदवारले अग्रता कायम गरेका छन् । झापा– ५ (१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गरेका छन् । प्रारम्भिक परिणाम अनुसार उनले नौ सय ८१ मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गरेका छन् ।

झापा–५ (२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गरेका छन् ।