राजनीति

काठमाडौं ३ मा कांग्रेसका चालिसे दुई हजार मतले अगाडि

By खबरहब

November 22, 2022

काठमाडौँ- काठमाडौं ३ मा कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले प्रतिद्वन्द्वीको भन्दा दुई हजार बढी मतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणमअनुसार २७ हजार पाँच सय १५ मत गन्दा चालिसेले १० हजार ६ सय एक ल्याएका छन् भने एमालेका कृष्णबहादुर राईले आठ हजार ३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार दुई सय १८ मत ल्याएका छन् । यहाँ कुल ३९ हजार ९० मत खसेको थियो ।