राजनीति

काठमाडौँ-१० मा कांग्रेसका राजनको अग्रता कायमै

By खबरहब

November 22, 2022

काठमाडौँ– काठमाडौँ क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणामअनुसार २५ हजार छ सय २३ मतगणना हुँदा कांग्रेसका केसीले सात हजार छ सय २४ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हिमेश केसीले चार हजार आठ सय ५८ मत ल्याएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार छ सय ६० मत प्राप्त गरेका छन् । नेकपा (माओवादी) केन्द्रका उम्मेदवार अञ्जना विसंखेले दुई हजार चार सय ८१ मत प्राप्त गरेका छन् । जम्मा खसेको ५३ हजार छ सय ४५ मतमध्ये २५ हजार छ सय २५ गणना भएको छ । बाँकी २८ हजार २२ मतगणना जारी रहेको छ ।