राजनीति

पर्सा २ (क) मा कांग्रेसका श्याम पटेल प्रदेशसभा सदस्य निर्वाचित

By खबरहब

November 22, 2022

काठमाडौँ- पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।

पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

उनले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छन् । त्यस्तै, उनका निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरेका छन् ।