राजनीति

कालीकोटमा कांग्रेसका महेन्द्रबहादुर शाहीलाई अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ- कालीकोटमा यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा आजदेखि मतगणना सुरु गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका–१ बाट मतगणना सुरु गरिएको हो ।

शुभकालिका गाउँपालिका वडा नं १ र २ मा प्रतिनिधिसभाको सात सय ३९ मत गणना हुँदा गठबन्धनका उम्मेदवार महेन्द्रबहादुर शाहीले पाँच सय ७५ मत ल्याएका छन् ।

नेकपा एमालेका नगेन्द्र शाहीले तीन सय २६, राप्रपाका धनबहादुर बुढाले ३१, नेमकिपाका खड्गराज शाहीले २२ र स्वतन्त्र (पुतली) का काशीचन्द्र बरालले २१ मत प्राप्त गरेका छन् भने ३८ मत बदर भएका छन् ।