राजनीति

सप्तरी- ३ र ४ मा कांग्रेसको अग्रता कायमै

By खबरहब

November 22, 2022

सप्तरी – सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११ मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजु लाल चौधरीले २ हजार २ सय २५ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । जसपाका बालकिशोरले १ हजार २ सय ३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् । त्यस्तै जनमत पार्टीका सुकदेव साहले ९ सय १८ मत प्राप्त गरेका छन् ।