कास्की २ मा एमालेको अग्रता, घण्टी उम्मेदवार पछिपछि

By खबरहब

November 22, 2022

काठमाडौं – कास्की क्षेत्र नम्बर -२ मा नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले ४ हजार ८५१ मतसहित अग्रता कायम गरेकी हुन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले ४ हजार ७०७ मतसहित भट्टराईलाई पछ्याइरहेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराल ३ हजार २०७ मतसहित तेस्रो स्थानमा छन् ।