समाचार

काठमाडौं-१० प्रदेशसभा १ मा कांग्रेसका पुकार महर्जन निर्वाचित

By खबरहब

November 22, 2022

काठमाडौँ — काठमाडौं – १० को प्रदेशसभा (१) तर्फ नेपाली कांग्रेसका पुकार महर्जन निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार महर्जनले १० हजार ८२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेशराज सापकोटालाई २ हजार ६८२ मतले पराजित गरेका हुन् । सापकोटाले ७ हजार ४०० मत ल्याएका छन् ।

यहाँ नेकपा एमालेका शिव भक्ति बलामीले ७ हजार ३०९, नेकपा माओवादी केन्द्रकाले ३ हजार ६०० र नेपाल मजदुर किसान पार्टीका हरि कुमार महर्जनले २ हजार १७८ मत ल्याएका छन् ।