मोरङ–५ को प्रदेशसभा १ मा कांग्रेसका गयानन्द मण्डल विजयी

By खबरहब

November 22, 2022

विराटनगर – मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल निर्वाचत भएको छन् । मण्डलले एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गरे हुन् । मंगलबार सम्पन्न मतगणनामा मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा शाहले ९ हजार ४०५ मत पाए।

क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।