राजनीति

रुपन्देही–४ (१) मा लाेसपाका बनियाँ विजयी

By खबरहब

November 22, 2022

काठमाडाैँ- रुपन्देहीको प्रदेशसभा सदस्य ४ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाँ विजयी भएका छन् ।

कूल ३५ हजार पाँच सय ७७ मत मत खसेकोमा बनिया १५ हजार एक सय ३७ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले नौ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका अष्टभुजा पाठकले आठ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।