ब्रेकिङ स्टोरी

काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

By खबरहब

November 22, 2022

काठमाडौं – काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ३ नेपाली काँग्रेसका उम्मेदवार सन्तोष चालिसे निर्वाचित भएको छ । उनले नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर राईलाई पराजित गरेका हुन् ।

यस क्षेत्रमा चालिसेले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्दा एमालेका राईले मात्र दश हजार एक सय ५० मत प्राप्त गरेका छन् । यो निर्वाचन क्षेत्र अघिल्लो पटक नेकपा एमालेका राई निर्वाचित भएको थिए ।