समाचार

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

By खबरहब

November 22, 2022

काठमाडौँ – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् ।

४५ हजार छ सय २६ मतगणना हुँदा जबराले २० हजार नौ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले १८ हजार ८९ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ५० हजार सात सय ७३ मत खसेकामा अब करिब पाँच हजार मत गणना हुन बाँकी छ ।