ब्रेकिङ स्टोरी

प्रतिनिधिसभा सदस्यले लिए शपथ

By खबरहब

December 22, 2022

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले पद तथा गोपनीयता शपथ लिएका छन् । नयाँबानेश्वरस्थित संघीय संसदै भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन् । उनीहरूले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संसद् बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए ।