खेलकुद

नेपाली भलिबल टोली बंगलादेश पराजित

By खबरहब

December 22, 2022

काठमाडौं – नेपाली यु२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।

पहिलो सेट २६ – २४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५(२२ ले गुमाएको हो । नेपालले अन्तिम सेट २५(२१ ले गुमायो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ ।

नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।